ललितपुर वडा ७ का स्थानिय दिर्घ रोगिहरुलाई उपचारमा खर्चिएको रकम बराबरको रकम हस्तान्तरण

ललितपुर , मिति २०८२ साल कार्तिक २३ गते ललितपुर महानगरपालिका वडा नं ७ का अध्यक्ष श्री कुल बहादुर महर्जन को अध्यक्षतमा बसेको बैठकको निर्निर्णय अनुसार यस वडाका स्थानिय दिर्घ रोगिहरुलाई सान्त्वना सहितको औऔषधि उपचारमा खर्चिएको रकम बराबरको मिति २०८२/०९/०५ शनिबारको दिन कार्यक्रममा नगद हस्तान्तरण गर्न तयारि हुंदै गरेको सचिब राजेश शाक्यले जानकारि दिनु भयो !

Read More

लगनखेल स्थित संरचनाहरु भत्काईदै ललितपुर नगर प्रहरी बल

ललितपुर महानगरपालिकाको सक्रियतामा आज लगनखेल क्षेत्रमा रहेका अवैध तथा अनधिकृत संरचनाहरू भत्काउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। ललितपुर नगर प्रहरी बलको उपस्थितिमा नगरपालिकाको अनुगमन टोलीले सार्वजनिक बाटो, पैदलमार्ग तथा खुला स्थानमा अवरोध पुर्‍याउने गरी निर्माण गरिएका संरचनाहरू हटाउने कार्य सुरु गरेको हो। नगरपालिकाले विगत केही सातादेखि सूचना जारी गर्दै स्वेच्छाले संरचना हटाउन अनुरोध गर्दै…

Read More

ललितपुर नगरपालिकाका पूर्वप्रमुख एवम् पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको अन्त्यस्टि गरियो !!

पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको आज अन्त्येष्ठि गरिएको छ । उनको हिजो शिक्षण अस्पताल महाराजगञ्जमा ८९ वर्षको उमेरमा निधन भएको हो । विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख बनेका थिए । विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत…

Read More

एसइईमा उत्कृष्ट अंक ल्याउने ललितपुर महानगरका ८६ विद्यार्थी सम्मानित

ललितपुर ः ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (सिइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरेको छ ।महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय ८ जना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो । सामुदायिक विद्यालय तर्फ ३ दशमलव ९५ भन्दा माथि ल्याउने…

Read More

ललितपुर महानगरपालिकाको बजेट नगरसभाले पारित। ललितपुर महानगरको आ.व.२०८३÷८४बजेटबजेटको आकार ः ७ अर्ब ४८ करोड ८७ लाख ८० हजारललितपुर ः ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफल र विचार विमर्शपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित भएको हो ।महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य नगरसभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८३÷८४ को बजेटले हरियाली प्रबर्धन, वातावरण संरक्षण, सम्पदा संरक्षणसँगसँगै शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ ती मध्येको साउन १ गतेदेखि शुरु हुने चिकित्सक सहितको एम्बुलेन्स,बिरामी नगरवासीको घर घरमा नयाँ कार्यक्रम हो । ’ स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर शुरु गरिने यो नौलो र प्रभावकारी कार्यक्रम भएको उनले बताए । यस कार्यक्रम अनुसार बिरामी नगरवासीको उपचारको लागि चिकित्सक सहितएम्बुलेन्स घर घरमा पुग्छ । नगर प्रमुख महर्जनले वातावरणको क्षयिकरणको कारण धेरै क्षेत्रले असर बेहोरिरहेको बताउँदै हरियाली प्रबर्धनलाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप, पाठेघरमा क्यान्सर लागे नलागेको परीक्षण र लागेको भए उपचार, घर घरमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको व्यवस्थालाई अघिल्ला वर्षहरुमा कार्यान्वयनमा ल्याएको छ ।सीमित स्रोत र साधनका बिच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् ।ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलाई शुसासन, पारदर्शिता र सेवा प्रवाह बजेटको प्राथमिकताको क्षेत्र रहेको बताइन् ।

Read More

आर्सना र बिपुल बने मेयर कप टेबुलटेनिस च्याम्पियन

काठमाडौँ —ललितपुर महागरपालिका वडा ८ का विपुल महर्जन र वडा १७ की अर्सना महर्जन सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । स्थानीय राष्ट्रिय खेलाडी सहभागी हुन पाउने खुला सिंगल्सको पुरुषमा विपुल र महिलामा अर्सना विजेता भएका थिए । ललितपुर महानगरपालिकाको कनीबहालस्थित आयोजक वडा ६ को हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विपुलले वडा…

Read More

ललितपुरका खेलाडीसहित नेपाली टोली कोरिया प्रस्थान

दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ तारिखसम्म सञ्चालन हुने “याङ यङ जा टेबलटेनिस मिसन (YTTM) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर” मा नेपालका ६ जना युवा खेलाडी सहभागी भएका छन्। उक्त प्रशिक्षण शिविरसँगै नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिस्चियन टेबलटेनिस प्रतियोगितामा समेत सहभागिता जनाउनेछ। नेपालबाट सहभागी हुने खेलाडीहरूमा यू–१३ तर्फ रिभान मुनी बज्राचार्य र प्राज्ञा महर्जन, यू–१६ तर्फ रिजन…

Read More

पाटनको ऐतिहासिक अष्टमातृका नाच सम्पन्न

ललितपुर। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पाटनको परम्परागत अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न भएको छ। हरेक वर्ष घटस्थापनादेखि ११ दिनसम्म परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ प्रदर्शन गरिने यो नाच यस वर्ष पनि विधिपूर्वक सम्पन्न भएको अष्टमातृका नाच व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए। मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकालमा नेपाल संवत् ७८४…

Read More

बुङ्गद्यमा नरिवल फोर्ने कार्यक्रमकरुणामयको नारिवल अभिषेक सम्पन्न

स्वयम्भूस्थित ऐतिहासिक बुङ्गद्य (बुद्ध) मन्दिरमा हालै सम्पन्न नारिवल अभिषेक कार्यक्रम श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ। उक्त अवसरमा करुणामय भगवानलाई समर्पित गर्दै भक्तजनहरूले “नैंक्यालं लुईगु” — अर्थात् नारिवल फोर्ने धार्मिक परम्परा—अनुसार पूजाआजा तथा अभिषेक गरेका थिए। यो परम्परा विशेषगरी करुणामयप्रति श्रद्धा व्यक्त गर्न र मनोकामना पूरा होस् भन्ने विश्वासका साथ सम्पन्न गरिन्छ। स्थानीय समुदाय…

Read More

शाक्य बज्राचार्य समाजद्वारा नगर परिक्रमा तथा बृहत जनसभा आयोजना

शाक्य वज्राचार्य समाजद्वारा नगर परिक्रमा तथा बृहत् जनसभा आयोजनाललितपुर । शाक्य वज्राचार्य समाज (ललितपुर) को आयोजनामा सांस्कृतिक बाजासहित नगर परिक्रमा तथा बृहत् जनसभा आयोजना गरिने भएको छ।समाजले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार आगामी चैत १३ गते शुक्रबार बिहान ८:०० बजे ललितपुर क्षेत्रबाट नगर परिक्रमा सुरु हुने कार्यक्रम तय गरिएको छ। परिक्रमा क्रममा विभिन्न स्थान हुँदै सांस्कृतिक…

Read More