ललितपुर नगरपालिकाका पूर्वप्रमुख एवम् पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको अन्त्यस्टि गरियो !!

पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको आज अन्त्येष्ठि गरिएको छ । उनको हिजो शिक्षण अस्पताल महाराजगञ्जमा ८९ वर्षको उमेरमा निधन भएको हो । विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख बनेका थिए । विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए । विसं २०४६ मा प्रजातन्त्र आएपछि उनी एमालेबाट २०५४ मा ललितपुरको नगरप्रमुख बनेका थिए । बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए । बज्राचार्यको पार्थिव शरीर हिजो गावाहलमा राखिएको थियो । आज बिहान उनकाे शव श्रद्धाञ्जलिका लागि गरियो उहांकै जन्मथलो बुबहालमा बिहान १०:०० देखि १२:०० बजेसम्म र २ बजे सम्म बौद्ध विहारमा राखिएको थियो । उनप्रति विभिन्न राजनीतिक दलका नेता, ललितपुर उद्योग बाणिज्य सघ, अरु संघ संस्था ललितपुर महानगरका वडा अध्यक्ष ज्यु हरु एवम महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, वडाअध्यक्षहरू, कर्मचारीहरूले श्रद्धाञ्जलि अर्पण गरि ललितपुर वडा नं ४ नखु स्थित यप्पा मन्दिरमा अन्त्यस्ति गरेका थिए!

Leave a Reply

Your email address will not be published. Required fields are marked *