ललितपुरमा कांग्रेसको मैदान तयार, तीनै क्षेत्रमा उम्मेदवार फाइनल

ललितपुर । नेपाली कांग्रेसले ललितपुरका तीनै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ।

कांग्रेस संसदीय बोर्डको निर्णयअनुसार ललितपुर क्षेत्र नम्बर १ मा पार्टीका सहमहामन्त्री उदय शम्शेर राणालाई उम्मेदवार बनाइएको छ। यस्तै, ललितपुर क्षेत्र नम्बर २ मा प्रेमकृष्ण महर्जन र क्षेत्र नम्बर ३ मा जितेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाईएको छ !।

ललितपुर–३ का उम्मेदवार जितेन्द्र श्रेष्ठ नेपाली कांग्रेस ललितपुरका सभापति समेत हुन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सम्पन्न भैसकेको छ। कांग्रेसले समयमै उम्मेदवार टुंग्याएसँगै ललितपुरमा चुनावी गतिविधि थप तीव्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *