पाटनको ऐतिहासिक अष्टमातृका नाच सम्पन्न
ललितपुर। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पाटनको परम्परागत अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न भएको छ। हरेक वर्ष घटस्थापनादेखि ११ दिनसम्म परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ प्रदर्शन गरिने यो नाच यस वर्ष पनि विधिपूर्वक सम्पन्न भएको अष्टमातृका नाच व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए। मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकालमा नेपाल संवत् ७८४…



