नेपाल भाषा मंका खल:यल को निर्वाचन सम्पन्न

ललितपुर ,
ललितपुर महानगरपालिका वडा नं ७ त्यागलमा अवस्थित नेपाल भाषा मंका खल: यल को निर्वाचन सम्पन्न भएको छ !
उक्त निर्वाचनमा अध्यक्ष पदका निम्ति दुई उम्मेदवार महेन्द्रलाल महर्जन र बाबुराजा महर्जन प्रतिस्पर्धामा उत्रेका थिए ! र निर्वाचन मंसिर ६ गते मंका खल:को प्राङ्गणमा बिहान ८ बजे बाट दिउँसो २ बजे सम्म भएको थियो ! जम्मा १२४४ सदस्यहरु रहेको मतदाताहरु रहेकोमा जम्मा ९७६ जनाले मतदान गरेका थिए !
निर्वाचनमा महेन्द्रलाल महर्जनले ३७६ मत ल्याई बिजय प्राप्त गरेका थिए भने प्रतिद्वन्दी बाबुराजा महर्जनले ३७३ मत ल्याएका थिए ! दुई उम्मेद्वार बिच मात्र ३ भोटको अन्तर रहेको थियो !
यस्तै महिला तर्फ फरिन्दा म्हर्जन ४५८ र रमना महर्जन बज्राचार्य ४०९ मत ल्याई बिजयी भए !
खुल्ला सदस्य तर्फ जम्मा १८ उम्मेद्वार रहेका थिए
जसमध्ये
१)बिनोद महर्जन ४४३
२)बेखारत्न महर्जन ४२५
३)उकुलाल महर्जन ४१७
४)प्रेम महर्जन ३९५
५)राजु ताम्राकार ३९३
६)प्रबिन महर्जन ३९२
७)राजेन्द्र महर्जन ३८९
८)न्हुछेमान महर्जन ३८४
९)रबिन्द्र बाराही ३७९
मत ल्याई बिजय प्राप्त गरेका थिए !
कार्यसमितिमा बिजयी उम्मेदवारहरुलाई निर्वाचन संयोजक किरण शाक्य ले शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र बितरण गरि कार्यक्रम सम्पन्न गरियो !

Ppp

Leave a Reply

Your email address will not be published. Required fields are marked *