गोदावरी नगरपालिकामा एक वडा एक कृषि उत्पादन

ललितपुर गोदावरी :
पशु सेवा कार्यालय ललितपुरको आ.व.२०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गोदावरी नगरपालिका वडा नं ९. का वडा अध्यक्ष आत्माराम थापा को अध्यक्षता एव गोदावरी नगरपालिकाका नगर प्रमुख श्री गजेन्द्र महर्जन को प्रमुख आतिथ्यता र विशेषज अतिथि गोदावरी नगरपालिका उप प्रमुख मुना अधिकारी र पसुसेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेको आतिथ्यतामा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रमको स्वीकृत कार्यविधी अनुसार गोदावरी नगरपालिका र पशु सेवा कार्यालयको लागत साझेदारीमा संचालित कार्यक्रम एवं कार्ययोजना वमोजिम श्री भैरव डांडा कृषक समूह, छम्पी देवी कृषक समूह, गणेश स्थान कृषक समूह र भगवती देवी कृषक सामूह विच भएको सम्झौता अनुसार गाई खरिद तथा गोठ निमार्ण कार्य सम्पन्न भएको छ।

कार्यक्रममा जनप्रतिनिधी -पसुसेवा कार्यालयका कर्मचारीहरु पसुसेवा साखाका कर्मचारीहरु पत्रकार एवं कृषक व्यवसायीहरुको
सहभागितामा कार्यक्रमको सार्वजनिक सुनुवाइ तथा चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *