पाट्न गुइटोलमा इन्द्र जात्रा सांस्कृतिक कार्यक्रम हुने

ललितपुर, असाेज ५


ललितपुरको गुइतः टोलमा इन्द्र जात्राको अवसरमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारिएको छ।

ललितपुर महानगरपालिका वडा नं. ८ कार्यालय र वडा स्तरीय बाल क्लबको आयोजनामा, गुइतः टोल सुधार समितिको समन्वय तथा पलेस्वां नेपालको व्यवस्थापनमा यही २०८३ असोज ९ गते शुक्रबार कार्यक्रम आयोजना हुन लागेको हो।

कार्यक्रममार्फत स्थानीय मौलिक संस्कृति, परम्परा तथा सामुदायिक एकतालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। साथै, वडा स्तरीय महिलाहरूले उत्पादन गरेका स्थानीय सामग्री तथा उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमस्थलमा आवश्यक स्थान तथा व्यवस्थासमेत गरिएको वडा अध्यक्ष बाबुरत्न महर्जनले बताए।

अध्यक्ष महर्जनका अनुसार कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी तीव्र रूपमा भइरहेको छ। स्थानीय कला, संस्कृति, परम्परा र उत्पादनलाई एउटै स्थानबाट प्रवर्द्धन गर्ने गरी कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए।

इन्द्र जात्रा विशेष कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन वडा अध्यक्ष महर्जनले सम्पूर्ण वडावासी तथा महानुभावहरूलाई हार्दिक निमन्त्रणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *