शाक्य बज्राचार्य समाजद्वारा नगर परिक्रमा तथा बृहत जनसभा आयोजना

शाक्य वज्राचार्य समाजद्वारा नगर परिक्रमा तथा बृहत् जनसभा आयोजना
ललितपुर । शाक्य वज्राचार्य समाज (ललितपुर) को आयोजनामा सांस्कृतिक बाजासहित नगर परिक्रमा तथा बृहत् जनसभा आयोजना गरिने भएको छ।
समाजले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार आगामी चैत १३ गते शुक्रबार बिहान ८:०० बजे ललितपुर क्षेत्रबाट नगर परिक्रमा सुरु हुने कार्यक्रम तय गरिएको छ। परिक्रमा क्रममा विभिन्न स्थान हुँदै सांस्कृतिक झाँकी, बाजागाजा तथा परम्परागत प्रस्तुति सहित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रमको उद्देश्य समाजभित्र धार्मिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक एकता सुदृढ गर्नुका साथै समुदायको हक, हित र समग्र विकासमा योगदान पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।
यसअघि चैत १४ गते आयोजित पत्रकार सम्मेलनमा समाजका पदाधिकारीहरूले बौद्ध धर्म, संस्कृति, सामाजिक सशक्तिकरण तथा राज्यसँगको पहुँच लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले आ-आफ्नो धारणा राखेका थिए।
समाजका अनुसार, विगतदेखि नै विभिन्न उप–समितिहरू गठन गरी धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। यस कार्यक्रममार्फत समुदायबीच आपसी सद्भाव, एकता र पहिचान अझ मजबुत बनाउने विश्वास गरिएको छ।
उक्त नगर परिक्रमा तथा जनसभामा व्यापक जनसहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *