रातो मत्स्येन्द्रनाथको रथ आज चाबहाल बाट लगनखेल लगिने
ललितपुर । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ । शनिवार रथलाई सुनधाराबाट तानेर चक्रबहिल पुर्याइएको छ । आइतबार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ । जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने गरेको छ । वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।…



