संस्कृति
ललितपुरको वडा ६ मा सातौ मेयर कप टेवल टेनिस पुस २० बाट शुरु
हुंदललितपुर – ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर–वडा टेबलटेनिस प्रतियोगिता पुस २० गतेदेखि सुरु हुने भएको छ। खेलकुदमार्फत युवालाई सक्रिय बनाउने तथा महानगरस्तरमा टेबलटेनिस खेलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। ललितपुर महानगरपालिका वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यका अनुसार प्रतियोगितामा ललितपुरमहानगरपालिकाभित्रका विभिन्न वडाबाट खेलाडीहरूको सहभागिता रहनेछ।…
धातुहस्तमुर्ति कलाकार राजेश अवालेको आत्मबृतान्त पुस्तक लोकार्पण
ललितपुर, मिति २०८२ पुष १५ गतेका दिन वरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण समारोह सातदोबाटो स्थित ललितपुर पार्टि प्यालेसमा सम्पन्न भएको छ । उक्त पुस्तकको नाम अक्षरमा सात दशक,कुम्हालेको चक्र : माटो र जीवन रहेको, उक्त पुस्तकमा जम्मा ४२ अध्यायहरु समावेश भएका छन् । यसमा उहाँको बाल्यकाल, युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुनका लागि गरिएका अनेक…
अन्तर वडा 7-A-Side फुटबल प्रतियोगिता जावलाखेलमा ललितपुर वडा ४ ले आयोजना गरिदैं
ललितपुर – ललितपुर महानगरपालिका वडा नं. ४ को आयोजनामा ‘काठमाडौं उपत्यका स्तरीय अन्तर–वडा ७-ए-साइड फुटबल प्रतियोगिता : ललितपुर मेयर कप २०८२’ पुस ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता जावलाखेल खेलमैदानमा आयोजना गरिनेछ। प्रतियोगिताको टाइ–सिट ड्र’ ललितपुर महानगरपालिका वडा नं. ४ का अध्यक्ष सन्तोष खड्गाले गर्नुभएको हो। प्रतियोगितामा काठमाडौं उपत्यकाभरिका ३२ वटा टिम सहभागी…
ललितपुर–१६ मा माघ १ गते भित्र रन्जना लिपिमा साईनबोर्ड परिवर्तन नगरे जरिवाना
ललितपुर, मंसिर २७ । ललितपुर महानगरपालिका–१६ ले वडा भित्र रहेका सबै व्यवसायिक तथा गैर–व्यवसायिक संस्था, बैंक, पसल, संघ–संस्थाहरूलाई आगामी माघ १ गतेभित्र अनिवार्य रूपमा नेपाल भाषा (नेवारी) रञ्जना लिपि साइनबोर्डमा समावेश गर्न पुनः अनुरोध गरेको छ। वडाध्यक्ष निर्मल रत्न शाक्यका अनुसार तोकिएको समयसीमा भित्र रञ्जना लिपि प्रयोग नगर्ने संस्थाहरूलाई वडा कार्यालयको निर्णयअनुसार नवीकरण रोक्का गरिनेछ।…
हेटौंडा सडक विस्तार विरोधमा पक्राउ परेका शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडाैं। हेटौंडा बजारमा ५०० भन्दा बढी घर-टहरा भत्काउँदै सडक विस्तार गरिएको विरोध गर्दा पक्राउ परेका दिभेस शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ। सोमबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उनलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश गरेको हो। दिभेसका हकमा अधिवक्ता राजु शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। ‘हेटौंडामा सडक…
लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पिता चरण र चरित्र पनि हो : राष्ट्रपति
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उद्घाटन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास…
पाट्नमा मंसिर १७ देखि २१ गतेसम्म क्राफ्ट एन्ड कल्चरल फेस्टिभल २०२५ हुने
काठमाडौं । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका र पाटन म्युजियमाको आयोजनामा हस्तकला प्रदर्शनी आयोजना गर्न लागेको छ । महासंघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गतेदेखी २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो । ललितपुर महानगरपालिका वडा नं १६ को सहयोगमा कला तथा संस्कृति महोत्सवको अवसरमा प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रविन्द्र…
ललितपुर वडा नं. ४ द्वारा उपत्यका स्तरीय फुटबल प्रतियोगिता पुस ७ गतेबाट सुरु
Date: 2025-12-02 ललितपुर — ललितपुर महानगरपालिका वडा नं. ४ द्वारा आयोजना गर्न लागिएको ‘काठमाडौं उपत्यका स्तरीय अन्तर–वडा ७-ए-साइड फुटबल प्रतियोगिता : ललितपुर मेयर कप २०८२’ आगामी पुस महिनामा हुने भएको छ। प्रतियोगिता जावलाखेल खेलमैदानमा सञ्चालन गरिने छ। आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले पुस ४ गतेभित्र आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ। दर्ता पश्चात् पुस ५…
नेपाल भाषा मंका खल:यल को निर्वाचन सम्पन्न
ललितपुर ,ललितपुर महानगरपालिका वडा नं ७ त्यागलमा अवस्थित नेपाल भाषा मंका खल: यल को निर्वाचन सम्पन्न भएको छ !उक्त निर्वाचनमा अध्यक्ष पदका निम्ति दुई उम्मेदवार महेन्द्रलाल महर्जन र बाबुराजा महर्जन प्रतिस्पर्धामा उत्रेका थिए ! र निर्वाचन मंसिर ६ गते मंका खल:को प्राङ्गणमा बिहान ८ बजे बाट दिउँसो २ बजे सम्म भएको थियो ! जम्मा १२४४…



