लगनखेल स्थित संरचनाहरु भत्काईदै ललितपुर नगर प्रहरी बल
ललितपुर महानगरपालिकाको सक्रियतामा आज लगनखेल क्षेत्रमा रहेका अवैध तथा अनधिकृत संरचनाहरू भत्काउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। ललितपुर नगर प्रहरी बलको उपस्थितिमा नगरपालिकाको अनुगमन टोलीले सार्वजनिक बाटो, पैदलमार्ग तथा खुला स्थानमा अवरोध पुर्याउने गरी निर्माण गरिएका संरचनाहरू हटाउने कार्य सुरु गरेको हो। नगरपालिकाले विगत केही सातादेखि सूचना जारी गर्दै स्वेच्छाले संरचना हटाउन अनुरोध गर्दै…



