ललितपुर, असार २८ — “स्थानिय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” विषयक अन्तरक्रिया कार्यक्रम आज एक विशेष समारोहबीच आयोजना गरिएको छ। कार्यक्रममा नीति निर्माण, बजेट निर्माण प्रक्रियामा सहभागिता, तथा स्थानिय र केन्द्र सरकारबीचको समन्वय सम्बन्धमा विस्तृत छलफल भएको थियो।
कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरू, विज्ञहरू, जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिहरूले स्थानिय तहको आवश्यकता र प्राथमिकता अनुसार बजेट निर्माण गर्नु आवश्यक रहेको सुझाव दिएका थिए।
उक्त अन्तरक्रियाले नीति निर्माणमा जनस्तरको आवाज उठाउन मद्दत पुग्ने विश्वास गरिएको छ।



