यःमरी राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत
काठमाडौँ । नेपाल सरकारले नेवार समुदायको मौलिक परिकार तथा पर्व ‘यःमरी (पुन्ही)’ लाई राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यःमरीलाई राष्ट्रिय सम्पदाको मान्यता दिइएको औपचारिक जानकारी गराएको हो । मन्त्रालयका सह प्रवक्ता तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल सरकारको साउन…



