पाटनमा आज पन्चदान

पाटनमा आज पञ्चदान
पाटनमा मात्र मनाइने पञ्चदान पर्व

पञ्चदान पर्व गुंला धर्म अन्तर्गतको एक पवित्र र महत्वपूर्ण बौद्ध पर्व हो जसमा दानपारमिताको अभ्यास गरिन्छ। यस पर्वमा बौद्ध भिक्षु तथा शाक्य, बज्राचार्य समुदायका कुलपुत्रहरुलाई धान, चामल, गहुँ, केराउ, नुन तथा पैसा दान गर्ने गरिन्छ भने विभिन्न बहाल, बहिलहरुमा पनि दिपंकर बुद्ध भगवान पनि पञ्चदानको निमित्त उपस्थित हुने गर्दछ।

पाटनमा हरेक वर्ष श्रावण शुक्ल अष्टमीको दिन पन्जाष्टमी भनी पञ्चदान पर्व मनाइन्छ भने काठमाडौं लगायत अन्य क्षेत्रहरुमा भने भाद्र कृष्ण त्रयोदशीको दिन पञ्चदान पर्व मनाइन्छ। साथै भक्तपुरमा माघ ०१ गते पञ्चदान मनाउने गरिन्छ। पाटनमा पञ्चदानको निमित्त हरेक बहाल, बहिल बौद्ध विहारहरुमा दिपंकर बुद्धको ठूलो प्रतिमा पनि दर्शनको लागि राखिन्छ भने बिहानदेखी नै गृहस्थ भिक्षुहरु लस्करै दान गाथा गाउँदै पञ्चदान लिने क्रममा प्राचीन नगरको परिक्रमा गर्ने गर्दछन्। यसै क्रममा अन्तिममा #फू_द्य:लाई पञ्चदान दिए पछि पञ्चदानको समापन हुने गर्दछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *