Headlines

ललितपुरले जडान गर्यो उपत्यकामा नै पहिलो पटक अर्लि वार्निङ्ग प्रणाली,नदीमा पानीको वहाव बढेपछि घण्टीले दिन्छ सूचना

ललितपुर ः ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ ।महानगरले हालपालिका भित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो । वडा नं.२८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं.४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद्…

Read More

वडा १७ का आर्सनाले जित्यो १६ मा स्वर्न

काठमाडौं। वडा १६ का रिजन शाक्य र वडा १७ की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।  रिजन ब्वाइज तथा अर्सना गर्ल्समा पहिलो भएका हुन्। ब्वाइज सिंगल्स फाइनलमा रिजनले वडा २० का संस्कार श्रेष्ठलाई ११–३, ११–५ र ११–७ को सोझो सेटमा पराजित गरे। वडा १६…

Read More

ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बुधबार सम्पन्न मतदानमा बानियाँले २२ मत प्राप्त गर्दै निवर्तमान नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गरेका हुन् । कुल ३७ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । तीमध्ये बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मतमा सीमित भए…

Read More

लागुऔषध दुरुपयोग एवम ओसारपोसार बिरुद्द अन्तरास्ट्रिय दिवसको अवसरमा दुर्ब्यसन रहित घर अभियान २०८२ शुभारम्भ

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त…

Read More

धातुहस्तमुर्ति कलाकार राजेश अवालेको आत्मबृतान्त पुस्तक लोकार्पण

ललितपुर, मिति २०८२ पुष १५ गतेका दिन वरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण समारोह सातदोबाटो स्थित ललितपुर पार्टि प्यालेसमा सम्पन्न भएको छ । उक्त पुस्तकको नाम अक्षरमा सात दशक,कुम्हालेको चक्र : माटो र जीवन रहेको, उक्त पुस्तकमा जम्मा ४२ अध्यायहरु समावेश भएका छन् । यसमा उहाँको बाल्यकाल, युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुनका लागि गरिएका अनेक…

Read More

शैलेन्द्र अधिकारीको बहुप्रतीक्षित ‘तेजस्’ उपन्यास सार्वजनिक

काठमाडौँ: लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। वि.सं. २०८३ श्रावण १६ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिस्थानको पारिजात प्रेक्षालयमा सम्पन्न कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलंकारलले पुस्तकको संयुक्त…

Read More

ललितपुर मेयर कप पौडी प्रतियोगितामा ३ नयाँ राष्ट्रिय कीर्तिमान

पहिलो ललितपुर मेयर कप पौडी प्रतियोगितामा तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । ‘मेयर कप–राष्ट्रिय पौडीको नयाँ अध्याय’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा तीन नयाँ कीर्तिमान बनेका हुन् । ​ राष्ट्रिय खेलकुद परिषद्‌को सातदोबाटोस्थित हिटिङ स्विमिङ पुलमा सगरमाथा स्विम क्लबले पहिलोपटक आयोजना गरेको प्रतियोगिता माघ २४ र २५ गतेसम्म चलेको थियो । प्रतियोगितामा पुरुषतर्फ २०० मिटर…

Read More

ललितपुर महानगरपालिकाको बजेट नगरसभाले पारित। ललितपुर महानगरको आ.व.२०८३÷८४बजेटबजेटको आकार ः ७ अर्ब ४८ करोड ८७ लाख ८० हजारललितपुर ः ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफल र विचार विमर्शपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित भएको हो ।महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य नगरसभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८३÷८४ को बजेटले हरियाली प्रबर्धन, वातावरण संरक्षण, सम्पदा संरक्षणसँगसँगै शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ ती मध्येको साउन १ गतेदेखि शुरु हुने चिकित्सक सहितको एम्बुलेन्स,बिरामी नगरवासीको घर घरमा नयाँ कार्यक्रम हो । ’ स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर शुरु गरिने यो नौलो र प्रभावकारी कार्यक्रम भएको उनले बताए । यस कार्यक्रम अनुसार बिरामी नगरवासीको उपचारको लागि चिकित्सक सहितएम्बुलेन्स घर घरमा पुग्छ । नगर प्रमुख महर्जनले वातावरणको क्षयिकरणको कारण धेरै क्षेत्रले असर बेहोरिरहेको बताउँदै हरियाली प्रबर्धनलाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप, पाठेघरमा क्यान्सर लागे नलागेको परीक्षण र लागेको भए उपचार, घर घरमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको व्यवस्थालाई अघिल्ला वर्षहरुमा कार्यान्वयनमा ल्याएको छ ।सीमित स्रोत र साधनका बिच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् ।ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलाई शुसासन, पारदर्शिता र सेवा प्रवाह बजेटको प्राथमिकताको क्षेत्र रहेको बताइन् ।

Read More

चित्रकारद्धय अजय देशार र सितु मास्केको बेलायतमा एकल चित्रकला प्रदर्शनी सम्पन्न

असार २४, बेलायत । नेपालका चित्रकारद्धय अजय देशार र सितु मास्के देशारको बेलायतमा एकल चित्रकला प्रदर्शनी आज सम्पन्न भएको छ ।  संस्कृतिभित्र हराउन सक्ने परम्परागत विषयमा चित्र कोर्ने चित्रकार अजय देशारको नवौं चित्रकला प्रदर्शनी “द लष्ट डिभाइन” नामक चित्रकला प्रदर्शनी बेलायतको फोक्सटन शहरमा आयोजना भएको छ । चित्रकार देशारका १२ वटा परम्परागत संस्कृतिसँग जोडिएका चित्रहरु…

Read More

“स्थानिय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर, असार २८ — “स्थानिय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” विषयक अन्तरक्रिया कार्यक्रम आज एक विशेष समारोहबीच आयोजना गरिएको छ। कार्यक्रममा नीति निर्माण, बजेट निर्माण प्रक्रियामा सहभागिता, तथा स्थानिय र केन्द्र सरकारबीचको समन्वय सम्बन्धमा विस्तृत छलफल भएको थियो। कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरू, विज्ञहरू, जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिहरूले स्थानिय तहको आवश्यकता…

Read More