आज देशभरि भगवान् श्रीकृष्णको जन्मोत्सव, कृष्णजन्माष्टमी, धुमधामले मनाइयो । काठमाडौँको पाटन दरबार स्क्वायरमा रहेको कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड देखियो । यो पर्वले हामीलाई भगवान् कृष्णको जीवन र उहाँले अर्जुनलाई दिएको उपदेशको सम्झना गराउँछ, जुन श्रीमद्भगवद्गीतामा सङ्कलित छ ।गीताको सन्देश: गीता केवल धार्मिक ग्रन्थ मात्र नभएर जीवन जिउने एउटा दर्शन हो । यसले कर्मको महत्त्व, कर्तव्यबोध, र निष्काम भावले काम गर्न सिकाउँछ । गीताको मुख्य सार भनेकै जीवनका हरेक मोडमा आइपर्ने द्वन्द्वलाई कसरी शान्तिपूर्ण तरिकाले रूपान्तरण गर्न सकिन्छ भन्ने हो । यो द्वन्द्व बाहिरी मात्र होइन, भित्री मनको द्वन्द्व पनि हो । जब अर्जुन आफ्ना आफन्तविरुद्ध युद्ध गर्न हिचकिचाउँछन्, तब कृष्णले उनलाई कर्तव्यको पाठ सिकाउँछन् । यही उपदेशले हामीलाई पनि आफ्नो जिम्मेवारीबाट पछि हट्नु हुँदैन भन्ने प्रेरणा दिन्छ ।
शान्तिको खोजी: महाभारतदेखि आधुनिक नेपालसम्म
१९८६ मा भएको विश्व शान्ति महायज्ञ र त्यसपछिका विभिन्न पदयात्राहरूले विश्वमा शान्तिको स्थापनाका लागि भएका प्रयासहरूलाई उजागर गर्छ । शीतयुद्धको समयमा शान्तिका लागि ११,००० ब्राह्मणहरूले गरेको महायज्ञले आध्यात्मिक शक्तिलाई शान्तिको माध्यम बनाउने प्रयास गरेको थियो ।युद्ध दुई परिवारबीचको द्वन्द्व मात्र थियो भने नेपालमा देखिएको द्वन्द्वमा बाह्य राजनीतिक र भूराजनीतिक प्रभावहरू पनि जोडिएका छन् । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ जस्ता अन्तर्राष्ट्रिय परियोजनाहरूले भूराजनीतिक सन्तुलनमा चुनौती थपेका छन् । यस्तो अवस्थामा शान्ति स्थापनाको प्रयास गर्नु अर्जुनको जस्तै कर्तव्यबोध हो ।
शान्तिको वैकल्पिक मार्गचित्र: अनुसन्धान र समन्वय
अनुसन्धानका नौ वटा बुँदाहरूले शान्ति स्थापनाका लागि एउटा नयाँ मार्गचित्र प्रस्तुत गर्छन् । यसमा धर्म, अध्यात्म, स्वराज्य, मेलमिलाप, स्थानीय सरकार, र मौलिक नेपाली संस्कृति जस्ता विषयहरू समेटिएका छन् ।
धर्म र अध्यात्म : द्वन्द्व रूपान्तरणमा धर्मको भूमिकाबारे अनुसन्धानले आध्यात्मिक ज्ञान र दर्शनलाई शान्तिको आधार बनाउन सकिने देखाउँछ ।
स्वराज्य र मेलमिलाप: मौलिक सिद्धान्तमा आधारित स्वराज्यको अवधारणाले आन्तरिक एकता र मेलमिलापलाई बलियो बनाउन मद्दत गर्छ ।
स्थानीय सरकार: स्थानीय सरकारलाई संवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारणाअनुसार सञ्चालन गरेमा सुशासन र धार्मिक प्रभावलाई सकारात्मक रूपमा प्रयोग गर्न सकिन्छ ।
मौलिक नेपाली समृद्धि: संस्कृति, स्वराज्य र समाजवादको संयोजनले मौलिक नेपाली समृद्धिको अवधारणालाई साकार पार्न सकिन्छ, जसले बाह्य प्रभावलाई सन्तुलनमा राख्न सहयोग गर्छ ।
यो प्रयासले गैरराजनीतिक स्तरबाट वैकल्पिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने अवस्थामा पुगेको देखिन्छ । गीताको ज्ञानलाई वर्तमान विश्व र नेपालको द्वन्द्व समाधानमा प्रयोग गर्ने यो नयाँ मार्गचित्रले विश्व व्यवस्थामा शान्तिको आधार प्रस्तुत गर्न सक्छ ।
अन्तमा, श्रीकृष्ण जन्माष्टमिको यस पवित्र अवसरमा, गीताको ज्ञानले हामी सबैलाई जीवनका द्वन्द्वहरूलाई शान्तिपूर्ण रूपमा रूपान्तरण गर्न सक्ने शक्ति प्रदान गरोस् ।
लेख : दामोदर न्यौपाने



