जेनजी आन्दोलनका मृतकहरुलाई रास्ट्रीय सम्मान साथ अन्त्येष्टि गरिने
काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गरिने भएको छ । नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका हुन् । आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गरिने…



