ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमाया महर्जन १०६ बर्षमा निधन

ललितपुर : ललितपुर महानगरकी १०६ वर्षीया ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन भएको छ । उनको शुक्रवार बिहान निधन भएको हो । मनमायाको पार्थिव शरीरलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पुष्प गुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे । नगर प्रमुख महर्जनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै धर्य गर्न अनुरोध गरे । मनमाया महर्जनको विशेष सम्मानमा…

Read More

भाद्र २० गते पुरणचन्डि बाट कृष्ण पुजा परिक्रमा हुने

ललितपुरना श्री कृष्ण जन्मास्ट्मिको भोलि पल्ट २०८३ साल भाद्र २० गते बिहान ६:०० बजे श्री कृष्ण पूजा परिक्रमा कार्यक्रम हुंदैछ ! पूजाक पूर्णचण्डी टोल सुधार समितिको आयोजनामा पूर्णचण्डी, गाबहाल, ललितपुर बाट शुरु हुंदै पाटन बस्तिमा रहेका कृष्णका मन्दिरहरुमा पुजा गरि समापन हुनेछ!

Read More

स्वयम्भू महाचैत्यमा बुद्धका नेत्रहरूको चित्राङ्कन

स्वयम्भू महाचैत्यका बुद्ध नेत्रहरू नेपालको बौद्ध सम्पदा र आस्थाका सबैभन्दा परिचित प्रतीकमध्ये एक हुन्। यी पवित्र नेत्रहरूले बुद्धको असीम प्रज्ञा, करुणा र सर्वदर्शी चेतनाको प्रतीकात्मक प्रतिनिधित्व गर्छन्। यी पवित्र नेत्रहरूको पुनः चित्राङ्कन कुनै साधारण चित्रकला कार्य होइन, बरु परम्परागत धार्मिक विधिअनुसार सम्पन्न गरिने एक पवित्र अनुष्ठान हो। यो जिम्मेवारी काठमाडौँको मसाङ्गल्लीका चित्रकार समुदायलाई मात्र प्रदान…

Read More

ललितपुरका राष्ट्रिय च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरियातर्फ

काठमाडौं, साउन २ – आगामी २०औँ एसियाली खेलकुद, नागोया (जापान) को तयारीस्वरूप ललितपुरका वर्तमान राष्ट्रिय च्याम्पियन टेबल टेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल आज एक महिनाको विशेष प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनीहरू जुलाई १८ देखि अगस्ट १८, २०२६ सम्म सियोलस्थित डोक्सान हाई स्कुल मा सञ्चालन हुने प्रशिक्षणमा सहभागी हुनेछन्। उक्त प्रशिक्षण…

Read More

३ दशक अगाडि चोरि गरि अमेरिका पुर्याईएका दुई मुर्तिहरु नेपाल फिर्ता

नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका पुरातात्विक महत्व भएका कलात्मक वस्तुहरु अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएकाको संख्या आजको समेत १२७ पुगेको रहेछ । यीमध्ये संयुक्त राज्य अमेरिकाको न्यूयोर्क (म्यानह्याटन) स्थित Metropolitan Museum of Arts मा रहेको काष्ठको ३३ इन्चको नृत्यदेवी (१६ औं शताब्दी) ललितपुर, पाटनस्थित राजश्री महाविहार (ईबाहावही)बाट वि.सं. २०४५/४६ सालमा हराएको थियो । यसैगरी…

Read More

२० औँ एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडी छनोट सम्पन्न

काठमाडौं, जेठ ३० । अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार जापानको आइची–नागोयामा सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडी छनोट प्रतियोगिता २०८३ जेठ २९ र ३० गते राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ। उक्त छनोट प्रतियोगितामा ४२औँ राष्ट्रिय…

Read More

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने दाफा खिं, बासुरी र ढोलक प्रशिक्षण सुरु

ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोग तथा रंजितकार समाज ललितपुरको आयोजनामा एक महिने दाफा खिं, बासुरी तथा ढोलक प्रशिक्षण कार्यक्रम सुरु भएको छ। परम्परागत सांस्कृतिक बाजा तथा कला संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ।कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका…

Read More

असार ३ गते रातो मच्छिन्द्रनाथ पक्षिम (जावलाखेल) रथयात्रा हुने

ललितपुर,बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत २०८३ साल असार ३ गते मंगलबार रथको पश्चिम यात्रा सम्पन्न गरिएको छ। परम्पराअनुसार इति टोलबाट सुरु गरिएको रथयात्रा विभिन्न टोल तथा सांस्कृतिक मार्ग हुँदै जावलाखेलतर्फ अघि बढाइएको हो। जात्राको पश्चिम यात्रामा हजारौं श्रद्धालु, स्थानीय बासिन्दा, गुठियार तथा बाजागाजा टोलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।बिहानदेखि नै इति टोल…

Read More

रातो मत्स्येन्द्रनाथको रथ आज चाबहाल बाट लगनखेल लगिने

ललितपुर । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ । शनिवार रथलाई सुनधाराबाट तानेर चक्रबहिल पुर्‍याइएको छ । आइतबार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ । जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने गरेको छ । वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।…

Read More

शाक्य बज्राचार्य समाजद्वारा नगर परिक्रमा तथा बृहत जनसभा आयोजना

शाक्य वज्राचार्य समाजद्वारा नगर परिक्रमा तथा बृहत् जनसभा आयोजनाललितपुर । शाक्य वज्राचार्य समाज (ललितपुर) को आयोजनामा सांस्कृतिक बाजासहित नगर परिक्रमा तथा बृहत् जनसभा आयोजना गरिने भएको छ।समाजले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार आगामी चैत १३ गते शुक्रबार बिहान ८:०० बजे ललितपुर क्षेत्रबाट नगर परिक्रमा सुरु हुने कार्यक्रम तय गरिएको छ। परिक्रमा क्रममा विभिन्न स्थान हुँदै सांस्कृतिक…

Read More