जिल्ला अनुगमन समितिद्वारा ललितपुरको टिकाभैरवका दुईवटा खानीको अनुगमन

ललितपुर, ३१ भदौ: नदिजन्य तथा खनिजजन्य पदार्थ जिल्ला अनुगमन समितिले ललितपुरको टिकाभैरवका दुईवटा खानीको अनुगमन गरेको छ।जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालको संयोजकत्वमा रहेको समितिले मंगलबार विहान गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरवमा रहेका महर्जन ढुंगा रोडा उद्योग र निराकार ढुंगा रोडा उद्योगको स्थलगत अनुगमन गरेको हो।अनुगमनका क्रममा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित…

Read More

मानसिक स्वास्थ्य तथा लत पुनर्स्थापना क्षेत्रमा सहकार्य गर्ने सहमती युनाइटेड फेलोसिप नेपाल (UFN), ललितपुर, नेपालका संस्थापक अध्यक्ष श्री सुजिन महर्जन र गाना गोवा हेल्थ हस्पिटल एन्ड रिह्याबिलिटेसन सेन्टर, भेलिम, गोवा, भारतका संस्थापक तथा वरिष्ठ मनोचिकित्सक डा. फ्रान्सिस्को फर्नान्डिसबीच मानसिक स्वास्थ्य तथा लत पुनर्स्थापनाको क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।यस सहमतिलाई नेपाल र भारतबीच मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना, उपचार, निको हुने प्रक्रिया तथा पुनर्स्थापना सेवामा आपसी सहकार्य सुदृढ गर्ने दिशामा एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।दुवै संस्थाले मानसिक स्वास्थ्यसम्बन्धी समस्या तथा लागुऔषध वा अन्य प्रकारको लतबाट प्रभावित व्यक्तिहरूलाई प्रभावकारी सहयोग प्रदान गर्न ज्ञान, व्यावसायिक अनुभव तथा उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने लक्ष्य राखेका छन्। यस सहकार्यअन्तर्गत संयुक्त कार्यक्रम सञ्चालन, व्यावसायिक सिकाइ तथा पुनर्स्थापना सेवाको गुणस्तर सुधार गर्ने सम्भावनाहरूको समेत खोजी गरिनेछ।यस साझेदारीले मानसिक स्वास्थ्यको प्रवर्द्धन, लतबाट मुक्त भई सामान्य जीवनमा फर्किन सहयोग तथा नेपाल र भारत दुवै देशमा स्वस्थ र सुदृढ समुदाय निर्माण गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।सहकार्यमा संलग्न संस्थाहरू:युनाइटेड फेलोसिप नेपाल (UFN) — ललितपुर, नेपालगाना गोवा हेल्थ हस्पिटल एन्ड रिह्याबिलिटेसन सेन्टर — भेलिम, गोवा, भारत

Read More

ललितपुरका खेलाडीसहित नेपाली टोली कोरिया प्रस्थान

दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ तारिखसम्म सञ्चालन हुने “याङ यङ जा टेबलटेनिस मिसन (YTTM) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर” मा नेपालका ६ जना युवा खेलाडी सहभागी भएका छन्। उक्त प्रशिक्षण शिविरसँगै नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिस्चियन टेबलटेनिस प्रतियोगितामा समेत सहभागिता जनाउनेछ। नेपालबाट सहभागी हुने खेलाडीहरूमा यू–१३ तर्फ रिभान मुनी बज्राचार्य र प्राज्ञा महर्जन, यू–१६ तर्फ रिजन…

Read More

३ दशक अगाडि चोरि गरि अमेरिका पुर्याईएका दुई मुर्तिहरु नेपाल फिर्ता

नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका पुरातात्विक महत्व भएका कलात्मक वस्तुहरु अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएकाको संख्या आजको समेत १२७ पुगेको रहेछ । यीमध्ये संयुक्त राज्य अमेरिकाको न्यूयोर्क (म्यानह्याटन) स्थित Metropolitan Museum of Arts मा रहेको काष्ठको ३३ इन्चको नृत्यदेवी (१६ औं शताब्दी) ललितपुर, पाटनस्थित राजश्री महाविहार (ईबाहावही)बाट वि.सं. २०४५/४६ सालमा हराएको थियो । यसैगरी…

Read More

आजबाट जेष्ठ नागरिकलाई हवाई भाडामा भारी छुट

: नेपाल नागरिक उड्डययन मन्त्रालायद्वारा तिहारको आगमन संगै बृद्द जेष्ठ नागरिकहरुको सुबिधाको निम्ति आजबाट ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा सरकारले अधिकतम भाडा दरमा ५० प्रतिशत छुटको ब्यबस्था गरिएको छ ! साथै ७५ बर्ष भन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० बर्ष भन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको ब्यबस्था गरिएको छ…

Read More

शहिद बिनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिका बाट नगद रु पाँच लाख सहयोग

पुल्चोक,ललितपुर जेनजि आन्दोलन का शहिद बिनोद महर्जनको आमा लतामाया महर्जनलाई ललितपुर महानगरपालिका बाट नगद पाँच लाख तथा सम्मान पत्रका साथ सहयोग हस्तान्तरण गर्नु भएको छ । आज ललितपुर महानगरपालिकाको सभा हलमा भएको सो कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जन र उप प्रमुख मन्जिला शाक्य बज्राचार्यले सो नगद तथा सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा…

Read More

ललितपुर मेयर कप पौडी प्रतियोगितामा ३ नयाँ राष्ट्रिय कीर्तिमान

पहिलो ललितपुर मेयर कप पौडी प्रतियोगितामा तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । ‘मेयर कप–राष्ट्रिय पौडीको नयाँ अध्याय’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा तीन नयाँ कीर्तिमान बनेका हुन् । ​ राष्ट्रिय खेलकुद परिषद्‌को सातदोबाटोस्थित हिटिङ स्विमिङ पुलमा सगरमाथा स्विम क्लबले पहिलोपटक आयोजना गरेको प्रतियोगिता माघ २४ र २५ गतेसम्म चलेको थियो । प्रतियोगितामा पुरुषतर्फ २०० मिटर…

Read More

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

ललितपुर, २४ भदौ: जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ।किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले दिनुभएको जानकारी अनुसार कलेजो प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको छ।बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको…

Read More

ललितपुर महानगरमा नयाँ प्रविधि : आगलागी आपतकालीन सूचना प्रणाली प्रयोगमा

ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ। मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो। जुद्ध वारुण यन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने अर्लट सिस्टम जडान गरिएको हो। आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने वित्तिकै स्विच सक्रिय भई साइरन…

Read More

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

२०८२ असार १२ गते, बिहीबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयकसहित आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।सभामार्फत नगर…

Read More