शहिद बिनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिका बाट नगद रु पाँच लाख सहयोग

पुल्चोक,ललितपुर

जेनजि आन्दोलन का शहिद बिनोद महर्जनको आमा लतामाया महर्जनलाई ललितपुर महानगरपालिका बाट नगद पाँच लाख तथा सम्मान पत्रका साथ सहयोग हस्तान्तरण गर्नु भएको छ । आज ललितपुर महानगरपालिकाको सभा हलमा भएको सो कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जन र उप प्रमुख मन्जिला शाक्य बज्राचार्यले सो नगद तथा सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले शहिद परिवार संग आफ्नो साथ हर हमेशा रहेको प्रतिवद्धता ब्यक्त गर्नु भयो भने शहिद परिवारको तर्फबाट शहिद बिनोद महर्जनको प्रतिमा शालिक बनाउने ईच्छा पनि ब्यक्त गर्नु भयो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रबक्ता,ललितपुरका सिडिओ,महानगरका प्रशाशकिय अधिकृत,वडा अध्यक्ष ज्युहरु तथा अन्य बिशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

तस्विरःसानोपाईला डटकम

भिडियोतल लिंकमा हेर्नु होस ः

https://www.facebook.com/share/v/1Ciu4kuygi

Leave a Reply

Your email address will not be published. Required fields are marked *