Sano Paila

ललितपुर महानगरपालिका वडा नम्बर ७ मा समुदाय स्तरीय रहेका सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम-:

ललितपुर, ललितपुर महानगरपालिका वडा नम्बर ७ मा समुदायस्तरीय सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल फन्डअन्तर्गत नेपाल सरकार, UNDP र जनताको त्रिपक्षीय साझेदारीमा ललितपुर महानगरपालिकाको सहकार्य तथा स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।जापान–नेपाल स्वास्थ्य तथा अनुसन्धान संस्थाको आर्थिक तथा प्राविधिक सहयोग तथा वडा कार्यालयको समन्वयमा आयोजित एकदिने कार्यक्रममा एआई (AI) प्रविधिमार्फत…

Read More

ललितपुरका राष्ट्रिय च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरियातर्फ

काठमाडौं, साउन २ – आगामी २०औँ एसियाली खेलकुद, नागोया (जापान) को तयारीस्वरूप ललितपुरका वर्तमान राष्ट्रिय च्याम्पियन टेबल टेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल आज एक महिनाको विशेष प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनीहरू जुलाई १८ देखि अगस्ट १८, २०२६ सम्म सियोलस्थित डोक्सान हाई स्कुल मा सञ्चालन हुने प्रशिक्षणमा सहभागी हुनेछन्। उक्त प्रशिक्षण…

Read More

भैसेपाटी स्थित ब्याक टु लाईफ फाउन्डेसनलाई आर एस डि सि लघुबित्तको सहयोग

ललितपुर ललितपुर महानगरपालिका वडा २५ स्थित सामाजिक संस्था ब्याक टु लाई फाउन्डेसनलाई आर एस डि सि लघुबित्त संस्था लिमिटेडले सहयोग गरेको छ ! आज मिति २०८३ साल असार २६ शुक्रबारको दिन लघुबित्त संस्थाका संचालल एवम ललितपुर महानगरपालिका वडा नं २० का सदस्य अमर डंगोलले फाउन्डेसनका अध्यक्ष्र सचिन राजभन्डारी र सचिब संजय महर्जनलाई संयुक्त रुपमा पांच…

Read More

३ दशक अगाडि चोरि गरि अमेरिका पुर्याईएका दुई मुर्तिहरु नेपाल फिर्ता

नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका पुरातात्विक महत्व भएका कलात्मक वस्तुहरु अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएकाको संख्या आजको समेत १२७ पुगेको रहेछ । यीमध्ये संयुक्त राज्य अमेरिकाको न्यूयोर्क (म्यानह्याटन) स्थित Metropolitan Museum of Arts मा रहेको काष्ठको ३३ इन्चको नृत्यदेवी (१६ औं शताब्दी) ललितपुर, पाटनस्थित राजश्री महाविहार (ईबाहावही)बाट वि.सं. २०४५/४६ सालमा हराएको थियो । यसैगरी…

Read More

ब्राजिललाई स्तब्ध पार्दै नर्वे क्वार्टरफाईनलमा

फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ अन्तर्गत भएको निकै रोमाञ्चक खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको छ। यो ऐतिहासिक जितसँगै नर्वे प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने उपाधि दाबेदार ब्राजिलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ। ​नर्वेका लागि स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। उनले…

Read More

ललितपुर महानगरपालिकाको बजेट नगरसभाले पारित। ललितपुर महानगरको आ.व.२०८३÷८४बजेटबजेटको आकार ः ७ अर्ब ४८ करोड ८७ लाख ८० हजारललितपुर ः ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफल र विचार विमर्शपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित भएको हो ।महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य नगरसभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८३÷८४ को बजेटले हरियाली प्रबर्धन, वातावरण संरक्षण, सम्पदा संरक्षणसँगसँगै शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ ती मध्येको साउन १ गतेदेखि शुरु हुने चिकित्सक सहितको एम्बुलेन्स,बिरामी नगरवासीको घर घरमा नयाँ कार्यक्रम हो । ’ स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर शुरु गरिने यो नौलो र प्रभावकारी कार्यक्रम भएको उनले बताए । यस कार्यक्रम अनुसार बिरामी नगरवासीको उपचारको लागि चिकित्सक सहितएम्बुलेन्स घर घरमा पुग्छ । नगर प्रमुख महर्जनले वातावरणको क्षयिकरणको कारण धेरै क्षेत्रले असर बेहोरिरहेको बताउँदै हरियाली प्रबर्धनलाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप, पाठेघरमा क्यान्सर लागे नलागेको परीक्षण र लागेको भए उपचार, घर घरमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको व्यवस्थालाई अघिल्ला वर्षहरुमा कार्यान्वयनमा ल्याएको छ ।सीमित स्रोत र साधनका बिच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् ।ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलाई शुसासन, पारदर्शिता र सेवा प्रवाह बजेटको प्राथमिकताको क्षेत्र रहेको बताइन् ।

Read More

२० औँ एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडी छनोट सम्पन्न

काठमाडौं, जेठ ३० । अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार जापानको आइची–नागोयामा सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडी छनोट प्रतियोगिता २०८३ जेठ २९ र ३० गते राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ। उक्त छनोट प्रतियोगितामा ४२औँ राष्ट्रिय…

Read More

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा

ललितपुर ः म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पुनर्निर्माण भइसकेका मठमन्दिर र पुनर्निर्माणको अन्तिम चरमा पुगेका मठमन्दिरको बारेमा रुचिपूर्वक सोधखोज गरेका थिए ।उक्त अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्काएका सबै सम्पदाको पुनर्निर्माणको काम लगभग सम्पन्न भएको बताए । महानगर प्रमुख महर्जनले मूर्त र…

Read More

ललितपुर महानगरपालिका वडा नं. ७ को तीनदिने आवासीय अन्तरक्रिया सम्पन्न, ३ करोड २५ लाखको बजेट प्रस्ताव पारित

ललितपुर महानगरपालिका, समन्वय व्यवस्थापन गरिबीका सहयोगी हातहरू नेपाल, ललितपुरको आयोजनामा तथा ललितपुर महानगरपालिका वडा नं. ७ को सहभागितामा तीनदिने आवासीय अन्तरक्रिया कार्यक्रम बन्दीपुरको घलेक गाउँमा सम्पन्न भएको छ।कार्यक्रममा वडा नं. ७ का जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायबीच योजना सञ्चालन, लेखा व्यवस्थापन, सुशासन तथा संस्थागत विकास सम्बन्धी छलफल गरिएको थियो।कार्यक्रममा वडा सचिव राजेश शाक्यले आर्थिक वर्ष…

Read More

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

तालिम समापनका अवसरमा मन्तव्य राख्नुहुँदै नेपाल इन्जिनियरिङ एशोसियशनका अध्यक्ष सुभासचन्द्र बरालले यस्ता तालिमले पेशागत क्षेत्रमा प्रभावकारी हुनुका साथै आफ्नो कार्यालय र,परियोजनाको क्षमता अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।“नेपाल इन्जिनियरिङ एशोसियशनले यस्ता खालमा तालिमलाई प्राथमिकता दिने छ, पेशागत जीवनमा समस्यालाई समाधान गर्ने क्षमता अभिबृद्धि गर्ने कुरामा हामी तत्पर छौँ, इन्जिनियरहरुको सक्रियता र चासोले हाम्रो पेशागत…

Read More