वडा १७ का आर्सनाले जित्यो १६ मा स्वर्न

Screenshot

काठमाडौं। वडा १६ का रिजन शाक्य र वडा १७ की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्। 

रिजन ब्वाइज तथा अर्सना गर्ल्समा पहिलो भएका हुन्। ब्वाइज सिंगल्स फाइनलमा रिजनले वडा २० का संस्कार श्रेष्ठलाई ११–३, ११–५ र ११–७ को सोझो सेटमा पराजित गरे। वडा १६ का स्वर्णिम शाक्य शाक्य र वडा ९ को सोयम महर्जन तेस्रो बने। 

गर्ल्सको उपाधि भिडन्तमा अर्सनाले वडा २० की पमिला जोशीलाई सिधा सेटमा ११–९, ११–५ र ११–७ ले हराइन्। ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको पुरुष खुला सिंगल्सको ‘बी’ क्याटगोरीमा वडा २० का इरिस शाक्य पहिलो भए। 

उनले फाइनलमा वडा ६ का अनुज शाक्यलाई १२–१०, ११–५, ८–११ र ११–५ ले पाखा लगाए। भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा वडा ९ का मुकेश महर्जनले वडा ११ का राजिप वज्राचार्यलाई ११–७, १३–११ र ११–२ को सोझो सेटमा पन्छाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *