ललितपुर नगरपालिकाका पूर्वप्रमुख एवम् पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको अन्त्यस्टि गरियो !!

पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको आज अन्त्येष्ठि गरिएको छ । उनको हिजो शिक्षण अस्पताल महाराजगञ्जमा ८९ वर्षको उमेरमा निधन भएको हो । विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख बनेका थिए । विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत…

Read More

पूर्व आयुक्त इला शर्माको निधन

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।  शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् । 

Read More

वडैपिच्छे विपद् स्वयम्सेवक समूह बनाईंदै ललितपुर

ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयसेवक समूह बनाउने भएको छ ।सशस्त्र प्रहरी बलले ललितपुर महानगरसँग समन्वय गरी आयोजना गरेको समुदाय विपद् स्वयसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेलेआगामी आर्थिक वर्षमा महानगरको सबै वडामा विपद् व्यवस्थापनको बारेमा ज्ञान र सीप भएको स्वयमसेवकको समूह बनाउने बताए । उनले भने, ‘३० –३५ जनाको…

Read More

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

२०८२ असार १२ गते, बिहीबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयकसहित आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।सभामार्फत नगर…

Read More

कनिबहाल सडक महोत्सव – २०८२

ललितपुर महानगरपालिका वडा नं. ६ स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कनिबहाल क्षेत्रमा आयोजना हुन लागेको ‘कनिबहाल सडक महोत्सव’ मा तपाईंलाई हार्दिक निमन्त्रणा गरिन्छ। यस महोत्सवको प्रमुख उद्देश्य स्थानीय संस्कृति, परम्परा, हस्तकला, भोजन, संगीत, नृत्य र सामुदायिक सहभागिताको प्रवर्द्धन गर्नु हो। महोत्सवले कनिबहाल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र सामाजिक एकतालाई उजागर गर्दै स्थानीय पर्यटनको प्रवर्द्धनमा…

Read More

ललितपुर महानगरपालिका वडा नं. ५ वडा कार्यालयद्वारा आयोजित ‘वडा दर्पण स्मारिका विमोचन तथा वडा भेला कार्यक्रम २०८२

यस कार्यक्रमको उद्देश्य वडा नं. ५ को सामाजिक, सांस्कृतिक, भौतिक तथा आर्थिक गतिविधिहरूको समग्र विवरण समेटिएको स्मारिका विमोचन गर्नुका साथै वडा स्तरमा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद, सुझाव संकलन तथा भावी योजनाहरूमा सहभागी गराउने हो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, स्थानिय बासिन्दा तथा सरोकारवाला निकायहरूको उपस्थिति रहनेछ। स्थान: कृस्टल पार्टी भेन्यु, मानभवन, ललितपुरमिति:…

Read More

नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

ललितपुर, २३ जेठ: साथसाथै फाउन्डेसन र काठमाडौं विश्ववि‌द्यालयको संयुक्त पहलमा नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा भएको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा विहिबार आयोजित एक कार्यक्रममा सन् २०४५ सम्म कोइलामुक्त नेपालको भविष्य निर्माण गर्ने उद्देश्यका साथ कोइलाको प्रतिक्रियाशील प्रयोग र न्यायोचित संक्रमणको ओैपचारिक शुभारम्भ घोषणा गरिएको काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ‘ग्रिन हाइड्रो…

Read More

लगनखेल स्थित संरचनाहरु भत्काईदै ललितपुर नगर प्रहरी बल

ललितपुर महानगरपालिकाको सक्रियतामा आज लगनखेल क्षेत्रमा रहेका अवैध तथा अनधिकृत संरचनाहरू भत्काउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। ललितपुर नगर प्रहरी बलको उपस्थितिमा नगरपालिकाको अनुगमन टोलीले सार्वजनिक बाटो, पैदलमार्ग तथा खुला स्थानमा अवरोध पुर्‍याउने गरी निर्माण गरिएका संरचनाहरू हटाउने कार्य सुरु गरेको हो। नगरपालिकाले विगत केही सातादेखि सूचना जारी गर्दै स्वेच्छाले संरचना हटाउन अनुरोध गर्दै…

Read More

बुङ्गद्यमा नरिवल फोर्ने कार्यक्रमकरुणामयको नारिवल अभिषेक सम्पन्न

स्वयम्भूस्थित ऐतिहासिक बुङ्गद्य (बुद्ध) मन्दिरमा हालै सम्पन्न नारिवल अभिषेक कार्यक्रम श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ। उक्त अवसरमा करुणामय भगवानलाई समर्पित गर्दै भक्तजनहरूले “नैंक्यालं लुईगु” — अर्थात् नारिवल फोर्ने धार्मिक परम्परा—अनुसार पूजाआजा तथा अभिषेक गरेका थिए। यो परम्परा विशेषगरी करुणामयप्रति श्रद्धा व्यक्त गर्न र मनोकामना पूरा होस् भन्ने विश्वासका साथ सम्पन्न गरिन्छ। स्थानीय समुदाय…

Read More