ललितपुर–१६ मा माघ १ गते भित्र रन्जना लिपिमा साईनबोर्ड परिवर्तन नगरे जरिवाना

ललितपुर, मंसिर २७ । ललितपुर महानगरपालिका–१६ ले वडा भित्र रहेका सबै व्यवसायिक तथा गैर–व्यवसायिक संस्था, बैंक, पसल, संघ–संस्थाहरूलाई आगामी माघ १ गतेभित्र अनिवार्य रूपमा नेपाल भाषा (नेवारी) रञ्जना लिपि साइनबोर्डमा समावेश गर्न पुनः अनुरोध गरेको छ।

वडाध्यक्ष निर्मल रत्न शाक्यका अनुसार तोकिएको समयसीमा भित्र रञ्जना लिपि प्रयोग नगर्ने संस्थाहरूलाई वडा कार्यालयको निर्णयअनुसार नवीकरण रोक्का गरिनेछ। साथै, ढिलो दस्तुर तथा कानुनअनुसार जरिवाना समेत लाग्ने चेतावनी दिइएको छ।

यसअघि पनि वडाले विभिन्न माध्यमबाट सूचना जारी गर्दै रञ्जना लिपिको संरक्षण, प्रवर्द्धन र पहिचान मजबुत बनाउन साइनबोर्डमा अनिवार्य रूपमा यसको प्रयोग गर्न आग्रह गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *