ललितपुर
ललितपुर महानगरपालिका वडा २५ स्थित सामाजिक संस्था ब्याक टु लाई फाउन्डेसनलाई आर एस डि सि लघुबित्त संस्था लिमिटेडले सहयोग गरेको छ ! आज मिति २०८३ साल असार २६ शुक्रबारको दिन लघुबित्त संस्थाका संचालल एवम ललितपुर महानगरपालिका वडा नं २० का सदस्य अमर डंगोलले फाउन्डेसनका अध्यक्ष्र सचिन राजभन्डारी र सचिब संजय महर्जनलाई संयुक्त रुपमा पांच थान बंक बेड र १० थान मेट्रेस हस्तान्तरण गरेको थियो !
कार्यक्रममा आर एस डि सि का सन्चालक अमर डंगोलले आज RSDC लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत Back to Life Foundation लाई सहयोग हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुशी र गौरवान्वित भएका जानकारी गराएका थिए !
साथै लागूपदार्थ तथा मदक पदार्थको दुर्व्यसन आजको समाजको गम्भीर चुनौती हो। यसले केवल एक व्यक्तिलाई मात्र होइन, परिवार, समुदाय र समग्र समाजलाई नै असर पुर्याउँछ। यस्ता व्यक्तिहरूलाई उपचार, परामर्श, पुनःस्थापना र समाजमा सम्मानपूर्वक पुनःस्थापित गर्ने कार्य अत्यन्त मानवीय र प्रशंसनीय रहेको र Back to Life Foundation ले यही महत्वपूर्ण क्षेत्रमा समर्पित भएर गरिरहेको सेवा समाजका लागि प्रेरणादायी छ। RSDC लघुवित्तको विश्वास छ कि सामाजिक उत्तरदायित्व भनेको केवल आर्थिक कारोबारमा सीमित नभई समाजको आवश्यकता अनुसार सकारात्मक योगदान दिनु पनि हो भनी जोडदार धारणा राखेका थिए !
आजको हाम्रो यो सहयोग सानो भए पनि यसले उपचार तथा पुनःस्थापनाको यात्रामा रहेका व्यक्तिहरूलाई थप आशा, हौसला र सहयोग पुग्ने विश्वास लिएका छौँ। निकट भविष्यमा पनि समाजहितका यस्ता रचनात्मक कार्यहरूमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए !Back to Life Foundation को सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै, कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिएका थिए !
यसैगरी फाउन्डेसनका अध्यक्ष सचिन राजभन्डारिले समाजमा लागुपदार्थ तथा मादक पदार्थ दुर्ब्यसनका कारण समस्यामा परेका ब्यक्तिहरुलाई नयाँ जीवन तर्फ फर्काउने उद्देश्यले बि.सं. २०७८ सालमा स्थापना गरिएको सामाजिक संस्थाले उपचार ,परामर्श ,व्यवहार सुधार ,आत्मबिश्वास , बिकास ,सुनिस्चित जीवन परियोजनाका लागि सिपमुलक तालिम तथा सामाजिक पुन:स्थापनालाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्दै आईरहेको जानकारी दिनुभयो !



