Headlines

FNCCI व्यापार मेला समितिमा भूमिनन्द कर्माचार्यसहित १९ पदाधिकारी मनोनीत

ललितपुर – नेपाल उद्योग बाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्द कर्माचार्य सहित १९ पदाधिकारी मनोनीत भएका छन्

नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सविन श्रेष्ठको सभापतित्वमा गठित व्यापार मेला समितिको मनोनयन पत्र हस्तान्तरण एवम् पहिलो वैठकका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले मनोनीतहरुलाई पत्र हस्तान्तरण गर्नुभएको हो।

व्यापार मेला समितिका संयोजक सविन श्रेष्ठले समितिको भूमिकालाई प्रभावकारी बनाउँदै देशभरका उद्योगी–व्यवसायीमा अपनत्वको भावना विकास हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मेला–महोत्सवलाई उद्यमशीलता, उत्पादन र बजार विस्तारसँग जोडेर सञ्चालन गरिने बताउनुभयो।

ललितपुर उद्योग बाणिज्य संघका महासचिब भुमिनन्दन कर्माचार्य बिगतका बर्षहरुमा उद्योग बाणिज्य संगका अध्यक्ष बिश्वराज बज्राचार्यको संयोजकत्वमा हुने रास्ट्रीय तथा अन्तरास्ट्रिय मेला महोत्सबमा बाणिज्य संघको एक खम्बा बनी सकृय भुमिका खेल्दै मेला–महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन, पर्यटन प्रवर्द्धन गर्न तथा व्यापार–व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउंदै आएका थिए !

नेपालमै अन्तर्राष्ट्रियस्तरका मेला आयोजना गरी देशको पहिचान र अपनत्वलाई थप मजबुत बनाउन बाणिज्य संघको एक पदाधिकारिको रुपमा अग्रसर भै प्रतिफलात्मक भुमिका खेल्दै आईरहेका छन !

व्यापार मेला तथा प्रदर्शनीको प्रभावकारी सञ्चालन, व्यवस्थापन र समन्वयमा कर्माचार्यको अनुभव तथा सक्रिय सहभागिताले महत्वपूर्ण योगदान पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ। महासंघले हाल विभिन्न विषयगत समितिलाई पूर्णता दिँदै सदस्यहरूको मनोनयन प्रक्रिया अगाडि बढाइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *